हालसम्म विश्वका ५६ करोड ८६ लाख ९६ हजारमा कारोना सङ्क्रमण पुष्टि

एजेन्सीः जोन्स हप्किन्स युनिभर्सिटी प्रणाली विज्ञान र इन्जिनियरिङ केन्द्रले कोभिड-१९ बाट विश्वका सबैभन्दा बढी प्रभावित देशको विवरण प्रकाशन गरेको छ। यस्तै हालसम्म कोरोना सङ्क्रमितहरूको सङ्ख्या पनि सो विवरणमा उल्लेख छ।
जसअनुसार विश्वमा कोरोनाबाट सङ्क्रमित हुने बिरामीको सङ्ख्या ५६ करोड ८६ लाख ९६ हजार ६७५ पुगेको जनाइएको छ। तीमध्ये सबैभन्दा बढी सङ्क्रमित अमेरिकामा फेला परेको विवरणमा उल्लेख छ। अमेरिकामा नौ करोड तीन लाख ५८ हजार ९८८ जना सङ्क्रमित भएका छन्।
यस्तै भारत दोस्रो स्थानमा रहेको छ। त्यहाँ हालसम्म चार करोड ३८ लाख ४७ हजार ६५ जनामा सङ्क्रमण पाइएको छ। फ्रान्समा तीन करोड ३६ लाख २१ हजार ३१० जनामा सङ्क्रमण पाइएको छ।
ब्राजिलमा हालसम्म तीन करोड ३५ लाख ५५ हजार ५२६ जनामा सङ्क्रमण पुष्टि भएको छ। यस्तै जर्मनीमा तीन करोड २३ लाख नौ हजार १२२ जनामा सङ्क्रमण पाइएको छ।
बेलायतमा पनि सङ्क्रमित अत्यधिक भेटिएका छन्। कुल सङ्क्रमितको सङ्ख्या त्यहाँ दुई करोड ३४ लाख २२ हजार ७११ रहेको छ।इटालीमा दुई करोड पाँच लाख ३९ हजार १६ जनामा सङ्क्रमण पाइएको छ। दक्षिण कोरिया पनि कोरोना प्रभावित देश बनेको छ। त्यहाँको एक करोड ९० लाख ७७ हजार ६५९ जनामा सङ्क्रमण पाइएको छ।
यस्तै रुसमा एक करोड ८२ लाख ४७ हजार ७७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
साउन ७, २०७९ शनिबार १४:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।