बीपीको सिद्धान्त छाडेका छैनौँ: रामचन्द्र पौडेल

बीपीको सिद्धान्त छाडेका छैनौँ: रामचन्द्र पौडेल
फाइल तस्बिर

काठमाडौंः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पार्टीले संस्थापक नेता विशेश्वरप्रसाद कोइराला(बीपी)को सिद्धान्त नछाडेको बताएका छन्। बीपी कोइरालाको ४०औं स्मृति दिवसका अवसरमा तनहुँको भानु नगरपालिका–६ बरभञ्ज्याङस्थित बुद्धसिंह पार्कमा आयोजित वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले कांग्रेस सधैँ बीपीको पथमा हिँडिरहेको बताए।

बीपीले भनेका विषयलाई समय सापेक्ष परिवर्तन गरिए पनि उनको आदर्श र सिद्धान्तलाई छाड्न नसकिने पौडेलको भनाइ थियो। वरिष्ठ नेता पौडेलले पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहने पनि बताए। गठबन्धनका विषयमा कुनै विवाद नरहेको भन्दै पौडेलले लोकतन्त्र बचाउन र संविधान रक्षाका लागि पनि गठबन्धन आवश्यक रहेको धारणा पनि राखे।

साउन ७, २०७९ शनिबार १३:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।