मतदान सुरु हुनलाग्दा कांग्रेस प्रवक्ताको 'एन्ट्री' भएपछि नाराबाजी

हेटौंडाः नेपाल प्रेस युनियनको जारी महाधिवेशनअन्तर्गत आज मतदान हुँदैछ। मतदानको सुरु हुने तरखर भइरहँदा कांग्रेसका प्रवक्ता प्रकाशशरण महत भने मतदानस्थलमा पुगे।
उनी पुगेपछि मतदानस्थलमा नाराबाजी भयो। नाराबाजीमा संस्थापन इतर समूहबाट अध्यक्षको उम्मेदवार बनेका शिव लम्साल र संस्थापन समूहबाट अध्यक्षकी उम्मेदवार अनिता विन्दु दुवैका समूह सामेल थिए।
युनियनको यस महाधिवेशनमा ८७ पदका लागि १७३ जनाले उम्मेदवारी दिएका छन्। हालसम्म ३१ जना निर्विरोध निर्वाचित भइसकेका छन्।
साउन ७, २०७९ शनिबार ११:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।