युनियनको अध्यक्षमा भुवन भट्टको इन्ट्री, महासचिवमा कार्की ब्याक भए

युनियनको अध्यक्षमा भुवन भट्टको इन्ट्री, महासचिवमा कार्की ब्याक भए

काठमाडौँ : आठौँ महाधिवेशनमा तत्कालीन संस्थापक समूहबाट उम्मेदवार बनेका शिव लम्साल नवौँ महाधिवेशनमा संस्थापन इतर समूहबाट पुन अध्यक्षको उम्मेदवार बनेका छन्। त्यो बेला तेस्रो भए पनि संस्थापन समूहका उम्मेदवार कमजोर बनाउन निर्णायक देखिएका भुवन भट्टले पुन उम्मेदवारी दिएका छन्।

वरिष्ठ उपाध्यक्षमा कोषाध्यक्ष सरोज अधिकारीमाथि प्रेम केसी हाबी देखिन्छन्। कोषाध्यक्षको रूपमा उनले गरेका काम विवादित छन् समूह बदल्न माहिर उनी अध्यक्ष भन्दै तल झरेका छन्।

उपाध्यक्षमा नकुल अर्याल, भीष्मराज ओझा र राममणि दाहाल उम्मेदवार बनेका छन्। यसमा पनि प्यानलको प्रभाव देखिएन।

महासचिवको उम्मेदवारीमा खिला कार्कीको प्रवेशले रोचक बनाउने थियो। कार्कीसँगै संस्थापनबाट जगन्नाथ दुलाल र दिलीप पौडेल संस्थापन इतरबाट उम्मेदवार बनेका छन्।

कार्की ८ औँ महाधिवेशनबाट सचिवमा जितेका थिए। उनले पौडेलको नाममा उम्मेदवारी फिर्ता लिँदा दुलाल फाइदामा देखिन्छन्। अन्य पदमा पनि दुवै प्यानल बाहिरबाट उम्मेदवारी परेको छ।

साउन ६, २०७९ शुक्रबार २१:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।