युनियनको विधान ल्यापटपमा, प्रतिनिधिले नपाएपछि बन्दशत्रमा विवाद

युनियनको विधान ल्यापटपमा, प्रतिनिधिले नपाएपछि बन्दशत्रमा विवाद

मकवानपुर : प्रेस युनियनको हेटौँडामा जारी ९ औँ महाधिवेशनमा विधानै पारित नगरी विधान बमोजिम हुनुपर्ने उम्मेदवारी मनोनयन दर्ता खुला गरियो। निर्वाचन समितिले बिहान ८:३० देखी १२ बजेसम्म उम्मेदवारी दर्ताको प्रारम्भिक तालिका सार्वजनिक गर्यो। जबकि बन्द सत्र ४ बजे मात्र सुरु भयो।

लम्बेतान उद्घाटन सत्रमा चुनावी शैलीको भाषण भए। ८:३० को मनोनयन ११ बजे पुर्याइयो।

श्रमजीवीको संस्था भए पनी पैसा नहुनेले मनोनयन गर्नै नसकुन् र उम्मेदवार घटुन् भनेर चर्को शुल्क तोकियो। अध्यक्ष पदका प्रतिस्पर्धीको मनोनयन शुल्क ३० हजार, वरिष्ठ उपाध्यक्ष र महासचिवको मनोनयन शुल्क २५ हजार, उपाध्यक्ष, सचिव,  केन्द्रीय लेखा संयोजक र कोषाध्यक्षको २० हजार तोकियो।

केन्द्रीय सदस्य र केन्द्रीय लेखा समिति सदस्यको मनोनयन शुल्क १५ हजार रुपैयाँ राखियो।  चर्को शुल्कको विरुद्धमा आकाङ्क्षीहरूले नाराबाजी गरेपछि शुल्क घट्यो। अध्यक्षको १० हजार घटेर २० हजार बनाइयो। वरिष्ठ उपाध्यक्षको मनोनयन शुल्क २५ बाट १० मा झारियो। अन्य पदको १० हजार कायम गरेर सदस्यको मनोनयन शुल्क पाँच हजार बनाएर नयाँ शुचि टाँसियो। 

४ बजेसम्म भनिएको मनोनयन दर्ता बन्द सत्रबाट ५ बजेसम्म पुर्याइयो। बन्द सत्रमा संशोधित विधान पार्षदहरुलाइ छलफलको लागि दिनुपर्ने थियो। तर, आयोजक सँग मास्टर कपी भन्दा अरू विधान थिएन।

विधान नै उपलब्ध नगराई छलफल गर थालियो। हलबाट के संशोधन भएको हो त्यो थाहा नपाउने भयो अब ताली ठोकेर पास गर्दिऊ भन्ने आवाज आयो।

हार्ड कपी नसके प्रोजेक्टरबाट देखाउन पार्षद्ले माग गरे। त्यो पनि सम्भव नभएपछि अध्यक्ष मण्डलका तर्फबाट धर्मचन्द्र झाले हललाई रोके र पर्खन आग्रह गरे। कपी गर्न पठाइएको विधान नआएपछि विधान मस्यौदा समितिका संयोजक दीपक आचार्यले पढेर सुनाए। जिल्लाबाट आएका पुराना पत्रकारले विधान बारे प्रश्न उठाए।

साउन ६, २०७९ शुक्रबार १७:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।