युनियनको संस्थापन इतरबाट महासचिव पदमा विद्रोह, कार्कीले दिए उम्मेदवारी

युनियनको संस्थापन इतरबाट महासचिव पदमा विद्रोह, कार्कीले दिए उम्मेदवारी

मकवानपुर : नेपाल प्रेस युनियनको नेतृत्वका लागि बनेको संस्थापन र संस्थापन इतर समूहमा विद्रोह सुरु भएको छ।

नेपाली कांग्रेसमा रहेको संस्थापन शेरबहादुर देउवा र शेखर कोइरालाको संस्थापन इतर समूहले आ-आफ्नो समूह बनाएर निर्वाचनमा उतारेको छ।

शिव लम्सालको नेतृत्वमा निर्वाचनमा सहभागी भइरहेको संस्थापन इतर समूहबाट महासचिवमा दिलीप पौडेल आधिकारिक उम्मेदवार बनेका छन्। सोही समूहबाट महासचिवको आकाङ्क्षी खिला कार्कीले समेत महासचिवमा उम्मेदवारी दिएका छन्।

उनले  अन्याय विरुद्ध विद्रोहको चेतसहित उम्मेदवारी दिएको बताएका छन्। उता संस्थापन समूहबाट अनिता विन्दु अध्यक्षको उम्मेदवार बनेकी छिन्।

सो समूहबाट महासचिव जगन्नाथ दुलाल छन्। 

साउन ६, २०७९ शुक्रबार १६:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।