मनोनयन शुल्क बढी भएको भन्दै विरोध भएपछि आधा घट्ने अध्यक्षको आश्वासन

हेटौंडाः नेपाल प्रेस युनियनको जारी ९औं राष्ट्रिय महाधिवेशनमा मनोनयन शुल्क बढी भएको भन्दै आकांक्षीहरूले विरोध गरेका छन्। विरोधपश्चात् हाल निर्वाचन समितिले टाँसेको मनोनयन शुल्क च्यातिएको छ।
युनियनका अध्यक्ष बद्री सिग्देलले अब नयाँ मनोनयन शुल्क सार्वजनिक गर्ने बताए। उनले मनोनय शुल्क आधा घट्ने आश्वासन दिएका छन्।
आकांक्षीहरूले प्रेस युनियन श्रमजीवीको संस्था भएको र ठेकेदारको संस्था नभएको भन्दै अध्यक्षलाई भेटेका थिए।
साउन ६, २०७९ शुक्रबार १४:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।