मोटरसाइकल चोर्ने मुख्य नाइकेलाई दाङ प्रहरीले समात्यो

दाङ: दाङको विभिन्न स्थानबाट चोरी भएका ६ वटा मोटरसाइकल सहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रोल्पा रुन्टीगढी गाउँपालिका वडा नम्बर ९ सखी घर भई हाल जिल्ला दाङ घोराही उप-महानगरपालिका वडा नम्बर १४ बस्ने वर्ष ३० को भानुभक्त बाठा, दाङको तुलसीपुर उप-महानगरपालिका वडा नम्बर १९ छिल्लीकोट घर भई हाल दाङको घोराही उप-महानगरपालिका ११ बस्ने वर्ष २१ को मदन पुन र दाङ तुलसीपुर उप-महानगरपालिका वडा नं. १८ दुधरास बस्ने वर्ष १८ को बादल नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
बिहीबारको पत्रकार सम्मेलनमा दाङ जिल्लाको विभिन्न स्थानहरूबाट विभिन्न मितिमा नाम थर वतन नखुलेका व्यक्तिहरूले मोटरसाइकल चोरी गरेको भनी जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका उजुरीका आधारमा खोजतलासको लागी छुट्टै प्रहरी विशेष अप्रेसन टोली गठन गरी उनीहरूलाई पक्राउ गरिएको हो।
टोलीले चोरी भएको मोटरसाइकल तथा चोरी गर्ने मानिसहरूको खोजतलास गर्दै जानेक्रममा दाङ जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए।
पक्राउ परेकाहरूलाई मुलुकी फौजदारी कार्यविधि (संहिता) २०७४ को परिच्छेद २० को दफा २४१ को उपदफा १ ले परिभाषित गरेको कसुरमा सोही परिच्छेदको दफा २४२ को उपदफा २ बमोजिम ३ वर्ष सम्म कैद र ३० हजार रूपैँया सम्म जरिवाना हुन सक्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो।
साउन ६, २०७९ शुक्रबार १४:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।