७८.३७ ग्राम खैरो हिरोइनसहित तीन भारतीय कञ्चनपुरबाट पक्राउ

७८.३७ ग्राम खैरो हिरोइनसहित तीन भारतीय कञ्चनपुरबाट पक्राउ

कञ्चनपुरः पुनर्वास नगरपालिका–११ अमरबस्तीस्थित नेपाल–भारत दशगजा क्षेत्र हुँदै पैदल नेपाल आउन लागेका तीन भारतीय नागरिकलाई प्रहरीले बिहीबार साँझ पक्राउ गरेको छ। उनीहरूलाई ७८.३७ ग्राम लागूऔषध (खैरो हिरोइन)सहित पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार धनगढीस्थित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट खटिएको आरआइटी टोली र परासनस्थित प्रहरी चौकीबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतको उत्तर प्रदेशको लखिमपुरको पलिया बस्ने वर्ष २८ का सुमित गुप्ता, वर्ष २४ का लबि गुप्ता र वर्ष २७ का बबि महेन्द्रुलाई पक्राउ गरेको हो।

सीमानाका हुँदै नेपालतर्फ आउँदै गरेका तीनै जनामाथि शङ्का लागी जाँच गर्दा सेतो प्लाष्टिकको थैलीभित्र लुकाइछिपाइ राखेको अवस्थामा लागूऔषध बरामद गरिएको उनले बताए।

सुमितको साथबाट २४.४७ ग्राम, लबिको साथबाट २५.६४ ग्राम र बबिको साथबाट २८.२६ ग्राम लागूऔषध बरामद गरिएको प्रहरी नायब उपरीक्षक शाहले जानकारी दिए।

तीनै जनाको साथबाट भारतीय रुपैयाँ १५ हजार समेत बरामद गरिएको छ। उनीहरूमाथि अनुसन्धान भइरहेको बताइएको छ। उनीहरू लागूऔषधका कारोबारी हुनसक्ने प्रहरीको आशङ्का छ।

साउन ६, २०७९ शुक्रबार १२:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।