प्रेस युनियनको महाधिवेशन सुरु, देउवाले गरे उद्घाटन

हेटौंडाः नेपाली कांग्रेस निकट पत्रकारहरूको संस्था नेपाल प्रेस युनियनको ९औं राष्ट्रिय महाधिवेशन सुरु भएको छ। बागमती प्रदेशको राजधानी हेटौंडास्थित रोयल पार्टी प्यालेसमा सुरु भएको महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरेका हुन्।
महाधिवेशनस्थलमा मञ्चमै कांग्रेसका पदाधिकारीहरू पनि छन्। उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा मञ्चमा छन्।
झण्डै आठ वर्षपछि प्रेस युनियनको महाधिवेशन भएको हो। यसपटक प्यानलसहित संस्थापन र संस्थापन इतर पक्ष महाधिवेशनमा होमिएको छ।
महाधिवेशनमा एक हजार ६३० प्रतिनिधि रहेका छन्।
साउन ६, २०७९ शुक्रबार १२:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।