हिजो एक हजारले घटेको सुनको मूल्य आज एक हजारले नै बढ्यो

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको छ। यसअघि हिजो एक हजारले घटेको सुनको मूल्य आज पुनः एक हजारले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ। तेजाबी सुनको मूल्य आज ९३ हजार ५०० कायम भएको छ।
महासंघले आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोला १० रुपैयाँले बढेको हो। जसअनुसार चाँदी प्रतितोला एक हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ।
साउन ६, २०७९ शुक्रबार ११:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।