आयोजना प्रभावित बासिन्दालाई सिक्लेसको आईपीओ आजबाट

आयोजना प्रभावित बासिन्दालाई सिक्लेसको आईपीओ आजबाट

काठमाडौंः सिक्लेस हाइड्रोपावर लिमिटेडले आजबाट आयोजना प्रभावितहरूका लागि आईपीओ जारी गर्दैछ। कम्पनीले ६ लाख १२ हजार ७९३ कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।

आयोजना प्रभावित क्षेत्र कास्कीको मादी गाउँपालिका वडा नं. १, २ र ३ का स्थानीहरूका लागि आईपीओ जारी हुन लागेको हो।

आईपीओ बन्द छिटोमा साउन २० गते हुनेछ भने ढिलोमा भदौ ५ गते हुनेछ। आईपीओमा माछापुच्छ्रे बैंकको मादी शाखा कार्यालय, बैंक अफ काठमाडौं, मुक्तिनाथ विकास बैंक र एनआईसी एशिया बैंकको पोखरा शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

कम्पनीलाई केयर रेटिङ्ग नेपालले 'केयर एनपी डबल बी प्लस आईएस' रेटिङ्ग प्रदान गरेको छ।

साउन ६, २०७९ शुक्रबार ११:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।