आईएमई इलेक्ट्रिकले ललितपुर महानगरलाई दियो पाँच थान विद्युतीय स्कुटर

आईएमई इलेक्ट्रिकले ललितपुर महानगरलाई दियो पाँच थान विद्युतीय स्कुटर

काठमाडौंः आईएमई इलेक्ट्रिकले ललितपुर महानगरपलिकालाई पाँच थान राफ्ट इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरेको छ। बिहीबार एक कार्यक्रमका बीच ललितपुर नगर प्रहरीलाई ती स्कुटर पुनः महानगरपलिकाले हस्तान्तरण गरेको हो।

आईएमई इलेक्ट्रिक राफ्ट विद्युतीय स्कुटरहरूको नेपालको लागि आधिकारिक बिक्रेता हो। नगरपालिकालाई हस्तान्तरण गरिएको राफ्ट वरियर भारतमा उत्पादन भएको हो। एक पटकको फुल चार्जमा यो १०० किलोमिटरसम्म गुड्नसक्ने कम्पनीले जनाएको छ।

ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनका अनुसार नगर सुरक्षालाई व्यवस्थित गर्न र प्रभावकारी कार्य गर्न नगर प्रहरीलाई यस स्कुटरले अझ सुविधा हुनेछ। नगर प्रहरी प्रमुख सीताराम हाछेथुले भने क्विक रेस्पोन्स टीमले सो स्कुटर प्रयोग गर्ने र निरन्तर नगर व्यवस्थापनमा खटिन मद्दत पुग्ने बताए।

साउन ६, २०७९ शुक्रबार १०:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।