ट्राफिक प्रहरीलाई ६ सय रुपैयाँ घुस दिन खोज्ने पक्राउ

काठमाडौंः ट्राफिक प्रहरीलाई ६ सय रुपैयाँ घुस दिन खोज्ने एक जना पक्राउ परेका छन्। बिहीबार साँझ ५ बजे काठमाडौंको सिनामंगलस्थित ड्युटीमा खटिएका ट्राफिक प्रहरी हवल्दार टुकेन्द्रमणि घिमिरेलाई घुस दिन खोज्ने रामेछापका ४६ वर्षीय दिपेश चौलागाईं पक्राउ परेका हुन्।
प्र-३-०२-०११प २३१५ नम्बरको मोटरसाइकललाई सवारी तथा यातायात व्यवस्था ऐन अन्तर्गत मापसेमा कारबाही गर्न खोज्दा चौलागाईंले ६ सय दिई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए।
उनलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त गौशाला बुझाइएको छ।
साउन ६, २०७९ शुक्रबार १०:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।