आजको मौसमः गण्डकी प्रदेशका एक-दुई स्थानमा भीषण वर्षा

आजको मौसमः गण्डकी प्रदेशका एक-दुई स्थानमा भीषण वर्षा

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज गण्डकी प्रदेशका एक-दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।

यतिबेला देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। देशको पहाडी भू-भागका थोरै स्थानहरूमा र अन्य भूभागका एक वा दुई स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशको पहाडी भूभागका केही स्थानहरूमा र अन्य भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

आज राति देशको पहाडी भूभागका केही स्थानहरूमा र अन्य भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेशको एक-दुई स्थानमा भीषण वर्षाको पनि सम्भावना रहेको छ।

साउन ६, २०७९ शुक्रबार ०७:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।