भागबन्डा मिलाउन प्रेस युनियनमा चार सचिव थप

हेटौंडा : भागबन्डा मिलाउन नेपाल प्रेस युनियनमा चार सचिव थप गरिएको छ। भागबन्डा मिलाउनकै लागि रेडियो, छापा, टिभी र अनलाइन शाखा थप गरिएको हो।
आयोजकको तर्फबाट हुने भनिएको प्रेस मिट पनि सोही विवाद मिलाउन नसक्दा सुरु हुन सकेको छैन।
भागबन्डा मिलाउनकै लागि अहिले ८ बजे हुने भनिएको प्रेस मिट तयारी नपुगेकाले भोलि ७ बजे हुने बताइएको छ।
प्रेस मिट पल्पसा प्यालेसमा हुने भनिएको थियो। मकवानपुर शाखाका पदाधिकारी र केही उम्मेदवार पुगेका थिए। तर केन्द्रबाट र गुटबाट कोही पनि पुगेनन्।
प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशन भोलि ६ र ७ गते हेटौंडामा हुँदैछ।
साउन ५, २०७९ बिहीबार २१:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।