रोह्थोले गर्यो मोतिबिन्दुको निःशुल्क शल्यक्रिया

काठमाडौं : नेपालमा मोतिबिन्दुको उपचार राम्ररी नगरिएको कारण बर्षेनी ६० हजार मानिस दृष्टिविहीन हुने गरेको अनुमान छ। ग्रामीण तथा दुर्गम क्षेत्रमा पर्याप्त चिकित्सक, उपकरण र सेवा उपलब्ध गराएमा दृष्टिविहीनका धेरै घटनाहरू रोक्न सकिन्छ।
रोह्थो मेन्थोल्याटम नेपालले हालै मोतिबिन्दुको शल्यक्रियाका लागि कलंकी, काठमाडौंस्थित दृष्टि आई केयर सेन्टरलाई लेन्स प्रदान गरेको छ। दृष्टिविहीन पाँच जनालाई आँखा विशेषज्ञ डा. सविता पालिखे र डा. भाइराजा श्रेष्ठको टोलीले सफलतापूर्वक दृष्टि पुनर्स्थापना गरेको छ।
रोह्थो जापानबाट पाँच दिने औपचारिक भ्रमणका लागि नेपाल आएका सुनसुके सिनोदा कार्यक्रममा उपस्थित भएका थिए। उनले अन्धोपन उन्मुलन गर्ने प्रयासलाई समर्थन गर्दै जनताको स्वास्थ्य, सुखी समुदाय र राष्ट्रमा योगदान दिने रोह्थो नेपालको कर्पोरेट सामाजिक उत्तरदायित्वलाई अनुभूति गर्दै भविष्यमा पनि दृष्टि आँखा केयर सेन्टरलाई सहयोग जारी राख्ने वाचा गरेका थिए।
त्यस्तै रोह्थोले गत महिना कीर्तिपुर आँखा अस्पतालमा विपन्न तथा न्यून आय भएका बिरामीका लागि निःशुल्क मोतिबिन्दुको शल्यक्रिया कार्यक्रम सञ्चालन गरेको थियो।
साउन ५, २०७९ बिहीबार १७:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।