आई.एम.ई.लाइफ इन्स्योरेन्सले पायो ट्रिपल बि रेटिङ

काठमाडौं : आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीले ‘केयरएनपी ट्रिपल बि’ रेटिङ प्राप्त गरेको छ। रेटिङ एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङले समयमा नै वित्तीय दायित्व पूरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी जनाउँछ।
कम्पनीले आफ्ना लगानीकर्ता तथा सम्पूर्ण हितकारीहरुको सुरक्षाको निम्ति आफ्ना जोखिमलाई न्युनीकरण गर्दै लगेको समेत यस रेटिङले थप पुष्टि गर्छ। आगामी दिनहरुमा पनि कम्पनीले आफ्ना परिसूचकहरु अझ सशक्त गर्दै लैजाने कुरामा कम्पनी अझै प्रतिबद्ध रहेको जनाएको छ।
कम्पनीले १४० वटा शाखा कार्र्यालयबाट बिमितहरुलाई सेवा प्रदान गर्दै आइरहेकोे छ। साथै कम्पनीमा २७ हजारभन्दा धेरै अभिकर्ता आबद्घ छन्
आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीले पाँच वर्ष अगाडि जीवन बिमा व्यवसाय गर्नका लागि लाइसेन्स प्राप्त गरेको थियो। कम्पनीमा ग्लोबल आइएमई बैक, आइएमई ग्रुप लगायत ठूला प्रतिष्ठित व्यावसायिक समूहहरुको लगानी रहेको छ।
साउन ५, २०७९ बिहीबार १७:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।