जनार्दन शर्मामाथि छानबिन गर्न बनेको समितिको म्याद सात दिन थप

जनार्दन शर्मामाथि छानबिन गर्न बनेको समितिको म्याद सात दिन थप

काठमाडौं : बजेट निर्माण गर्दा अनधिकृत व्यक्तिलाई प्रवेश गराई करको दर हेरफेर गरेको आरोप लागेपछि अर्थमन्त्रीबाट राजीनामा दिएका जनार्दन शर्माको विषयमा छानबिन गर्न बनेको संसदीय समितिको म्याद थप गरिएको छ।

शर्मा प्रकरणमा छानबिन गर्न गत असार २२ मा संसदीय समिति बनाइएको थियो। उक्त समितिलाई १० दिनको म्याद दिइएको थियो। उक्त समितिको म्याद आज सकिएको थियो।

तर, सो समितिको म्याद आज सात दिन थपिएको छ। सभामुख अग्निप्रसाद सापकोटाले संसदमा उक्त छानबिन समितिको म्याद सात दिन थपेको घोषणा गरेका हुन्।

उक्त विषयबारे आधार र प्रमाणसहित निष्कर्षमा पुग्न र प्रतिवेदन पेस गर्न आवश्यक समय थप गर्न लेखिआएको भन्दै सभामुख सापकोटाले म्याद थप गर्न प्रतिनिधि सभामा सहमति जनाउन अनुरोध गरेका थिए।

साउन ५, २०७९ बिहीबार १६:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।