एम अधिकारी खोज्नेले एस देउवा, पी दाहाल र ए राणालाई पनि कारबाही गरुन् : बस्नेत

एम अधिकारी खोज्नेले एस देउवा, पी दाहाल र ए राणालाई पनि कारबाही गरुन् : बस्नेत

काठमाडौं : नेकपा एमालेका सांसद महेश बस्नेतले देशी/विदेशी शक्ति गुहारेर पालैपालो राष्ट्रपति र प्रधानमन्त्री बन्ने एस देउवा र पी दाहाललाई खोजेर कारबाही गर्नुपर्ने बताएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै उनले एमाले अर्थ विभागका सदस्य एम अधिकारीबारे प्रश्न गर्नुअघि देउवा र प्रचण्डलाई कारबाही हुनुपर्ने बताएका हुन्।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै बस्नेतले भने, 'परिवादवाद लादेर पदमा बसिरहने एस देउवा, नेता पी दाहाल र नेतृ ए राणा देउवालाई खोजेर कार्बाही गर्नुपर्ने हैन?'

पूर्वअर्थमन्त्री जनार्दन शर्माले ६ अर्बभन्दा बढी कमिसनको गडबड गरेको आरोप समेत लगाए। उनले भने, 'बजेटमा रातारात सेटिङ गर्ने, भन्सारको दररेट फरक पार्ने, सिसिटिभीका प्रमाण नष्ट पार्ने, ६ अर्बभन्दा बढी कमिसन गढबढ गर्ने जी शर्माको समेत खोजी गरीर कारबाही हुनुपर्छ।'

साउन ५, २०७९ बिहीबार १५:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।