चार वर्षकी बालिकामाथि बलात्कार, ४९ वर्षका पुरुष पक्राउ

चार वर्षकी बालिकामाथि बलात्कार, ४९ वर्षका पुरुष पक्राउ

बुटवलः चार वर्षीया बालिकामाथि बलात्कार गर्ने एक पुरुषलाई ईलाका प्रहरी कार्यालय रन्यौरा रुपन्देहीले पक्राउ गरेको छ। बालिका बलात्कारको आरोपमा प्रहरीले सैनामैना नगरपालिका–२ सरौली संगमचोक बस्ने ४९ वर्षीय खेमप्रसाद भुसाललाई गए राति पक्राउ गरेको हो।

भुसालले ती बालिकालाई आफ्नै घरमा बलात्कार गरेको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ।

साउन ५, २०७९ बिहीबार १२:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।