बिहीबार तोलामा एक हजार रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौंः नेपाली बजारमा सुनको मूल्य आज प्रतितोला एक हजार रुपैयाँले घटेको छ। आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ५०० तोकिएको छ।
त्यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला रु १० ले घटेको छ। आज चाँदी रु एक हजार १५५ मा कारोबार भइरहेको छ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ।
साउन ५, २०७९ बिहीबार ११:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।