छानबिन समितिसामु शर्माको बयान: अनधिकृत व्यक्ति संलग्न हुने सम्भावनै छैन

छानबिन समितिसामु शर्माको बयान: अनधिकृत व्यक्ति संलग्न हुने सम्भावनै छैन

काठमाडौंः पूर्वअर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण र करको दर कायम गर्ने क्रममा अनधिकृत व्यक्ति संलग्न नरहेको बयान दिएका छन्। आज सिंहदरबारमा बसेको संसदीय छानबिन विशेष समितिको बैठकमा शर्माले यस्तो बयान दिएका हुन्।

जारी छलफलमा शर्माले अनधिकृत व्यक्ति मन्त्रालय पस्नसक्ने कुनै सम्भावना नै नरहेको पनि बताएका छन्। मन्त्रालयका सम्बन्धित बाहेक अन्य व्यक्ति संलग्न भए सुरक्षाकर्मी लगायतलाई पनि सजिलै थाहा हुने भएकाले अन्य व्यक्तिको प्रवेश असम्भव भएको उनले दावी गरे।

यस्तै सीसीटीभी फुटेज नभेटिएको सन्दर्भमा भने शर्माले आफूलाई हार्डड्राइभको क्षमता र भिडियो कतिबेलासम्म सुरक्षित रहन्छ भन्ने जस्ता कुराको ज्ञान नभएको बताए।

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको क्रममा करका दर हेरफेर गर्न अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएको आरोप लागेपछि यतिबेला शर्मामाथि छानबिन चलिरहेको छ। उनले गत असार २२ मा मन्त्री पदबाट राजीनामा पनि दिएका थिए।

साउन ५, २०७९ बिहीबार ०९:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।