दुबईमा एक वर्षदेखि अलपत्र परेका डिलबहादुरको उद्धार

काठमाडौंः वैदेशिक रोजगारीका क्रममा युनाइटेड अरब एमिरेटस् (युएई)को दुबईमा अलपत्र परेका डिलबहादुर विकको उद्धार गरिएको छ। नवलपुरको मध्यविन्दु नगरपालिका–१० का ४५ वर्षीय विक एक वर्षदेखि दुबईमा अलपत्र थिए।
कोभिड–१९ का कारण विक कार्यरत कम्पनी बन्द भएपछि उनी अलपत्र परेका थिए। आप्रवासी कामदार हकहित संरक्षण मञ्च, सुरक्षित आप्रवासन स्रोत केन्द्र र अरुणखोला सामाजिक सेवा समितिको सहयोगमा विकको उद्धार गरिएको हो। आर्थिक अवस्था कमजोर भएका कारण उनलाई घर फर्काउन सहयोग सङ्कलन अभियान थालिएको थियो।
आप्रवासी कामदार हकहित संरक्षण मञ्चका कोषाध्यक्ष कल्पना श्रेष्ठ क्षेत्रीले नगरपालिका, वडा, अरुणखोलाबासी लगायतबाट रकम सङ्कलन भएको बताइन्। दुबईस्थित नेपाली दूतावाससँगको समन्वयमा विकलाई नेपाल फर्काइएको सुरक्षित आप्रवासन स्रोत केन्द्रका परामर्शदाता रञ्जना लम्सालले जानकारी दिइन्।
साउन ५, २०७९ बिहीबार ०९:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।