बिहानै कोटेश्वरमा टिपरले ठक्कर दिँदा एक जना गम्भीर घाइते

काठमाडौंः आज बिहान टिपरको ठक्करबाट एक पैदलयात्री गम्भीर घाइते भएका छन्। बिहान ३ बजे कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको बा४ख ५७०३ नम्बरको टिपरले ठक्कर दिएको हो।
घाइते हुनेमा रामेछाप बिजुलीकोट घर भएका ३१ वर्षीय श्यामबहादुर खड्का रहेका छन्। उनको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ।
टिपरसहित चालकलाई प्रहरी वृत्त नयाँबानेश्वरले नियन्त्रणमा लिएको छ।
साउन ५, २०७९ बिहीबार ०९:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।