
मोबाइल बनाउने बहानामा बेचबिखनका लागि काठमाडौंबाट महेन्द्रनगर पुर्याइएकी किशोरीको उद्धार

काठमाडौंः मोबाइल बनाउने बहानामा काठमाडौंबाट महेन्द्रनगर पुर्याइएकी एक किशोरीको उद्धार गरिएको छ। काठमाडौंबाट नेपालगञ्ज हुँदै महेन्द्रनगर पुर्याएर भारत लैजान लागेको अवस्थामा महेन्द्रनगर बसपार्कबाट उनको उद्धार गरिएको हो।
उदयपुरकी १६ वर्षीया किशोरीलाई गैरसरकारी संस्था साहसी महिला नेपालले उद्धार गरी सुरक्षित गृहमा राखेको छ। उनलाई ललाइफकाई ल्याउने मुगुका वसन्त लावडलाई प्रहरीको जिम्मा लगाइएको छ।
काठमाडौंमा सवारीसाधनका चालक रहेका लावडले ती किशोरीलाई मोबाइल बनाउने बहानामा महेन्द्रनगर पुर्याएको खुलेको छ।
“काठमाडौंमा बस्दै आएकी किशोरी र उनको परिवारसित चिनजान रहेछ, त्यसका आधारमा मोबाइल बनाउने भनेर नेपालगञ्जसम्म ल्याए”, साहसी महिला नेपालकी जिल्ला संयोजक आनन्दी रानाले भनिन्, “किशोरीलाई आफू कहाँ जाँदैछु भन्ने केही पनि थाहा छैन।”
किशोरीलाई बेचबिखनका लागि भारत लैजान खोजेको संयोजक रानाको भनाइ छ।
साउन ५, २०७९ बिहीबार ०८:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।