गए रातिको बाढीले मेलम्ची–हेलम्बु सडकखण्डको बाटो बगायो, यातायात अवरुद्ध

गए रातिको बाढीले मेलम्ची–हेलम्बु सडकखण्डको बाटो बगायो, यातायात अवरुद्ध
फाइल तस्बिर

काठमाडौंः गए राति आएको बाढीले मेलम्ची–हेलम्बु सडकखण्डको ठाउँ–ठाउँमा बाटो बगाएको छ। बाटो बगाउँदा यातायात सेवा अवरुद्ध भएको छ।

बाढीले हेलम्बुको चनौटेमा गत वर्षको बाढीपछि बनाइएको सडक क्षतविक्षत भएको स्थानीय बलसित खड्काले जानकारी दिए। यस्तै हेलम्बुको ढुङ्गेबजार र मेलम्चीको सीमखेतमा पनि सडक अवरुद्ध भएको मेलम्चीका श्याममणि चालिसेले बताए।

गए राती भीषण वर्षा हुँदा हेलम्बुका ग्याल्थुमलगायत क्षेत्रका बासिन्दा घर बाहिर बसेका थिए।

गए राति सिन्धुपाल्चोकको मेलम्ची खोलास्थित नाकोते र आसपासमा भीषण वर्षा भएको थियो। जलसतह बढेपछि मेलम्चीको तटीय क्षेत्रमा बाढी तथा भीरालो जमीन भएको ठाउँमा पहिरो जानसक्ने भएकाले सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।

साउन ५, २०७९ बिहीबार ०७:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।