
आइतबार २९ असार, २०८२
छोरी पोखरीमा डुबेपछि उद्धार गर्न गएका बुवा पनि डुवे, दुवैको मृत्यु

स्याङ्जाः गल्याङ–६ पेलाकोटमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ। बुधबार साँझ पेलाकोटस्थित सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर गल्याङ–६ का ३३ वर्षीया बिन्द्र गुरुङ र चार वर्षीया सोफिया गुरुङको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालका अनुसार सोफिया पोखरीमा डुबेको देखेपछि उनको उद्धार गर्ने क्रममा बुबा बिन्द्र पनि डुबेका थिए। तत्काल उद्धार गरी वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा पुर्याइएकामा चिकित्सकले दुवैलाई मृत घोषणा गरेको थियो।
साउन ५, २०७९ बिहीबार ०७:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।