
ग्वार्कोमा खुल्यो बिग डिजिटल, ९० बढी अन्तर्राष्ट्रिय ब्रान्ड पाइने

काठमाडौँ : सपिङ स्टोर बिग डिजिटलको ब्रान्ड दूत अभिनेत्री स्वस्तिमा खड्काले ललितपुरको ग्वार्कोमा शुभारम्भ गरेकी छिन्। समारोहमा बोल्दै उनले स्टोरले उच्च कोटीको सामाग्री ग्राहकलाई उपलब्ध गराएर सफल हुन शुभकामना दिएकी छिन्।
बिग डिजिटलका कार्यकारी प्रमुख अधिकृत विक्रमेश ओझाले अन्तराष्ट्रियस्तरका विविध ब्रान्डहरू सहज र सहज ढङ्गले नेपाली ग्राहकहरूलाई उपलब्ध गराउने लक्ष्यले स्टोर स्थापना गरिएको बताएका थिए। सपिङ स्टोरमा ९० भन्दा बढी अन्तर्राष्ट्रिय ब्रान्डका घरायसी सामाग्री, मोबाइल फोन, ल्यापटप, टिभी लगायतका उत्पादन उपलब्ध रहेको स्टोरले जानकारी दिएको छ
ग्राहकले लक्की ड्रसँगै शतप्रतिशत नगद फिर्ता समेत पाउन सक्ने तथा निःशुल्क डेलिभरीको सुविधा समेत रहेको स्टोरले जानकारी दिएको छ।
साउन ५, २०७९ बिहीबार ००:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।