विष्णुमती र धोबिखोला क्षेत्रमा बाढीको जोखिम, तटीय क्षेत्रवासी सतर्क रहन आग्रह

विष्णुमती र धोबिखोला क्षेत्रमा बाढीको जोखिम, तटीय क्षेत्रवासी सतर्क रहन आग्रह
फाइल तस्बिर

काठमाडौँ : बुधवार राती भएको भारी वर्षापछि काठमाडौँका विभिन्न नदिमा पानीको बहाव बढेको भन्दै मौसम विज्ञान विभागले सूचना जारी गरेको छ। सम्भावित बाढिबाट जोगिन धोबिखोला, विष्णुमती किनार बस्तीका बासिन्दालाई सतर्क रहन भन्दै विभागले सूचना जारी गरेको हो।

विभागले बुधबार बेलुका जारी गरेको सूचनामा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ। सो सूचनाअनुसार बुधवार राती ८ बजे विष्णुमती र धोविखोलाको जलाधार २ मिटरले बढेको छ। त्यसले सो क्षेत्रमा बाढीको खतरा उच्च रहेको छ विभागले जानकारी दिएको छ।

‘दुई घण्टासम्म परेको निरन्तर वर्षापछि विष्णुमती र धोबीखोलाको जलाधार २ मिटरले बढेको छ’ जारी सूचनामा भनिएको छ, ‘विष्णुमतीको पानी बस्ती र सडकसम्म आउन सक्ने हुँदा भोलि बिहानसम्म तटीय क्षेत्रमा उच्च सतर्कता अपनाऔँ।’

साउन ४, २०७९ बुधबार २२:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।