
१५ दिनमा नेपाल आयल निगमको झन्डै ५ अर्ब घाटा कसरी घट्यो ?

काठमाडौँ : नेपाल आयल निगमको घाटा रकम घटेको छ। असार १७ गतेसम्म नेपाल आयल निगमको घाटा ९ अर्ब २८ करोड रहेकोमा असार ३२ गते सम्ममा घाटा रकम घटेर मासिक ४ अर्ब ३२ करोड घाटा भएको देखिएको हो।
अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेको तर आयल निगमले घटबढ नगरेका कारण निगमको घाटा रकम ४ अर्ब ९६ करोडले घटेको निगमले उपलब्ध गराएको कागजातमा देखिन्छ।
असार १७ गतेको तुलनामा असार ३२ गते पेट्रोलमा १५.७७, डिजेलमा १६.५८ हवाई इन्धनमा १६.६१ प्रतिलिटर घटेर आएका कारण निगमको लागत पनि घटेको देखिन्छ। अन्तर्राष्ट्रिय मूल्य घटे पनि आयल निगमले मूल्य घटाएको छैन।
आयल निगमका अनुसार केही समय अघि सरकारले पेट्रोलमा २० र डिजेलमा २९ रुपैयाँ कर छुट दिए निगम नाफामै जाने बताउँछन्।
साउन ४, २०७९ बुधबार १९:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।