नेपाल इन्जिनियरिङ परिषद विधेयक संसदबाट पारित, अब इन्जिनियरले लाइसेन्स लिन परीक्षा दिनुपर्ने

नेपाल इन्जिनियरिङ परिषद विधेयक संसदबाट पारित, अब इन्जिनियरले लाइसेन्स लिन परीक्षा दिनुपर्ने

काठमाडौं : विश्वविद्यालयबाट इन्जिनियरिङ पास गरेपछि सिधै लाइसेन्स पाउने व्यवस्था परिमार्जन सहितको नेपाल इन्जिनियरिङ परिषद (पहिलो संशोधन) विधेयक ऐन २०७६ पास भएको छ। प्रतिनिधि सभाको आजको बैठकले सो विधेयक पास गरेको हो।

लामो समयदेखि छलफलमा रहेको सो विधेयक सर्बसम्मतिले पास भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरेका हुन्। सो विधेयक ३० दिनपछि लागू हुनेसमेत सभामुखले जानकारी दिए। 

यसअघि २०५५ सालमा जारी गरिएको पहिलो विधेयक संशोधन भएको झन्डै २० वर्षपछि संशोधन भएको हो। 

२०७६ मा संशोधनको लागि राष्ट्रिय सभामा पुगेको सो विधेयक प्रतिवेदन लामो समयदेखि रोकिँदै आएको थियो।

परिमार्जित विधेयक पास भएसँगै अब इन्जिनियरले लाइसेन्स लिन काउन्सिलको परीक्षा उत्तीर्ण गर्नुपर्ने छ। यसअघि विश्वविद्यालयबाट उत्तीर्ण भएका इन्जिनियरिङका विद्यार्थीले सिधै काउन्सिलबाट प्रमाणपत्र (लाइसेन्स) लिन पाउने व्यवस्था थियो।

साउन ४, २०७९ बुधबार १३:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।