माधव नेपालले जनप्रतिनिधिलाई भाषण रेकर्ड गर्न दिएनन्

माधव नेपालले जनप्रतिनिधिलाई भाषण रेकर्ड गर्न दिएनन्

काठमाडौं : एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रमको सम्बोधन रेकर्ड गर्न रोकेका छन्।

आज आयोजित कार्यकममा सम्बोधन गर्दै थिए, पार्टी अध्यक्ष माधवकुमार नेपाल।

नेपाल बोलिरहेको पोडियममा एक जना जनप्रतिनिधिले भाषण रेकर्ड गर्न मोबाइल छाडेकी थिइन्। अध्यक्ष नेपालले भाषण गरिरहँदा रेकर्ड गरिरहेको मोबाइलमा घन्टी बज्यो। 

त्यसपछि अध्यक्ष नेपालले भने, 'यो कसको हो फोन आयो। ए! तपाईंले त रेकर्ड पो गरिराख्नुभएको रहेछ। बन्द गर्नूस् त तुरुन्त।

साउन ४, २०७९ बुधबार १२:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।