गभर्नरको राजीनामा माग्दै प्रदर्शन जारी

काठमाडौं : राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै आज पनि बालुवाटारस्थित राष्ट्र बैंक परिसरमा कालो ब्यानर टाँगेका छन्।
नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी निकट विद्यार्थीले गभर्नर विरुद्ध प्रदर्शन गर्दै आएका छन्।
विद्यार्थी संगठनहरुले गभर्नरको गलत नीतिका कारण अर्थ व्यवस्था संकटमा पुगेको, शैक्षिक योग्यतामा प्रश्न उठेको र एम अधिकारीको नाममा नेकपा एमालेको अर्थ विभाग सदस्य बनेको भन्दै प्रदर्शन गर्दै आएका छन्।
नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियुले मंगलबार संयुक्त विज्ञप्ति जारी गरी गभर्नर बर्खास्तीको माग गर्दै चरणवद्ध आन्दोलनको घोषणा गरेका थिए।
साउन ४, २०७९ बुधबार ११:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।