रवीन्द्र मिश्रलाई दोस्रो पटक कोरोना

काठमाडौं : विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रलाई दोस्रो पटक कोरोना संक्रमण भएको छ। उनले आज बिहान फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्।
मिश्रलाई ६ महिनाअघि पनि कोरोना संक्रमण भएको थियो। उनले यस पटकको संक्रमणमा पहिले जस्तो कडा लक्षण नभएको बताएका छन्।
'थोरै ज्वरो, कम्मर दुखाइ र घाँटीमा समस्या छ। घरमै आराम गर्दैछु। हिजो त मैले कसैलाई भेटिनँ। त्यसअघिका दुई दिनमा मसँग भेट्नु भएका साथीहरूलाई विचार पुर्याउन आग्रह गर्दछु', मिश्र फेसबुकमा लेखेका छन्।
साउन ४, २०७९ बुधबार १०:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।