
मंगलबार १० भदौ, २०८२
लेवान्डोस्की बार्सिलोना छिरे, ५० मिलियन युरोमा सम्झौता

काठमाडौं : पोल्याण्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्की स्पेनिस क्लब बार्सिलोना गएका छन्। लेवान्डस्की र बार्सिलोनाबीच ५० मिलियन युरोमा चार वर्षका लागि सम्झौता भएको छ।
उनले गत महिना जर्मन क्लब बायर्न म्युनिख छोड्ने बताएका थिए। लेवान्डोस्कीले एक वर्ष बाँकी हुँदै बायर्न छोडेका हुन्।
उनले गत सिजनमा बायर्नबाट खेलेका ४६ खेलमा ५० गोल गरेका थिए। लेवान्डोस्की सन् २०१४ मा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट बायर्नमा आबद्ध भएका थिए।
साउन ४, २०७९ बुधबार १०:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।