बाढी तथा पहिरोले डुम्रे-बेसीसहर सडक अवरुद्ध

लमजुङ : निरन्तरको वर्षापछि आएको बाढी तथा पहिरोले डुम्रे-बेंसीसहर सडकखण्ड अवरुद्ध भएको छ। सो सडक अन्तर्गत बेंसीसहर नगरपालिका-१, उदिपुरको देउरालीडाँडा पहिरोले सडक अवरुद्ध भएको हो।
रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने उक्त खण्डको रिठ्ठेबगरमा लेदोसहितको पहिराले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
आकस्मिक कामका लागि बेंसीसहरबाट काठमाडौँ, पोखरा, चितवन लगायत स्थानमा जान लागेका यात्रु सडक अवरुद्ध भएका कारण मारमा परेका छन्।
गए रातिदेखि पानी निरन्तर परिरहको छ। पानी परिरहेकाले सडक बनाउन कठिनाइ भइरहेको डुम्रे-बेसीसहर-चामे योजना सडक कार्यालय लमजुङले जनाएको छ।
साउन ४, २०७९ बुधबार ०८:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।