शिक्षण अस्पताल महाराजगञ्जमा एमडीका लागि दरखास्त आह्वान

शिक्षण अस्पताल महाराजगञ्जमा एमडीका लागि दरखास्त आह्वान

काठमाडौं : महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले एमडीका लागि दरखास्त आह्वान गरेको छ। बुधबार सूचना जारी गर्दै अस्पतालले करार सेवामा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो। 

अस्पतालले प्रसूति तथा स्त्री रोग विभागका लागि एक जना एमडीको माग गरेको हो।

पुरुषको हकमा ४० वर्ष र महिलाको हकमा ४५ वर्ष उमेर ननाघेका इच्छुक नेपाली नागरिकले साउन १० गतेसम्म आवेदन दिनसक्ने अस्पतालले जारी गरेको सूचनामा उल्लेख छ।

अस्पतालले जारी गरेको सूचनामा आवेदन दिन इच्छुक व्यक्तिले एसएलसीदेखि माथिका सम्पूर्ण शैक्षिक योग्यताका प्रमाणपत्रहरूको प्रतिलिपि पेस गर्नुपर्ने जनाइएको छ।

यस्तै आवेदन दिन चाहने उम्मेदवारले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको रजिस्ट्रेसनको प्रतिलिपि फारमसाथ संलग्न गर्नुपर्ने बताइएको छ।

साउन ४, २०७९ बुधबार ०८:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।