दक्षिण अफ्रिकाद्वारा  इंगल्यान्‍ड ६२ रनले पराजित

दक्षिण अफ्रिकाद्वारा  इंगल्यान्‍ड ६२ रनले पराजित

काठमाडौं : एकदिवसीय क्रिकेट प्रतियोगितामा दक्षिण अफ्रिकाले इंगल्यान्डलाई ६२ रनले पराजित गरेको छ।

३ सय ३४ रनको ठूलो लक्ष्य पछ्याएको घरेलु टोली ४६.५ ओभर खेल्दै २७१ रनमा अलआउट हुँदा दक्षिण अफ्रिका बाजी मार्न सफल भएको हो।

यो जितसँगै दक्षिण अफ्रिकाले तीन खेलको प्रतियोगतामा १-० को अग्रता कायम गरेको छ।

टस जितेर पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ३३ रन बनाएको थियो। विजेताका टिमका लागि डुसेनले १३३ रनको सतकीय पारी खेले। उनले १० चौका प्रहार गरेका थिए।

यस्तै जान्नेमान मलानले ५७ रन बनाउँदा एडेन माक्ररमले ७७ रन बनाए। माक्ररम र डुसेनले १ सय २२ बलमा १ सय ५१ रनको साझेदारी गरे।

इंगल्यान्डका लागि भने जो रूटले सर्वाधिक ८६ रन बनाए। ७७ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरेका थिए। 

यस्तै जोनी बेयरस्टो ६३ रन बनाए। अर्का ओपनर जेसन रोय ४३ रनमा आउट भए।

साउन ४, २०७९ बुधबार ०८:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।