गोरखामा जसपा फुट्यो, पुनर्गठन गर्न ९१ सदस्यीय भेला आयोजक समिति गठन

गोरखामा जसपा फुट्यो, पुनर्गठन गर्न ९१ सदस्यीय भेला आयोजक समिति गठन

काठमाडौं : बाबुराम भट्टराईको गृहजिल्ला गोरखामा जनता समाजवादी पार्टी (जसपा) पुनर्गठन गर्ने निर्णय गरिएको छ।

सजपाका अध्यक्ष यानप्रसाद भट्टको संयोजकत्वमा ९१ सदस्यीय भेला आयोजक समिति समेत गठन गरिएको छ। भट्टको संयोजकत्वमा बसेको बैठकले ९१ समिति गठन गरेको मंगलबार जारी विज्ञप्तिमा जनाइएको छ।

जिल्ला मातहत रहेका सबै निकाय, समितिहरू स्वत: भेला आयोजक समिति र निकायहरूमा रूपान्तरण भएको भट्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले हालै वीरगञ्जमा केन्द्रीय समिति बैठक गरी बाबुराम भट्टराईलाई संघीय परिषद अध्यक्षबाट हटाएका थिए।  

भट्टराईले नयाँ पार्टी बनाउने तयारी गरिरहेका बेला गोरखाबाटै पार्टी पुनर्गठनको निर्णय भएको हो।

साउन ४, २०७९ बुधबार ०७:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।