एकीकृत समाजवादीले सार्वजनिक नगर्दै सकिएको तीन दिने सचिवालय बैठक 

एकीकृत समाजवादीले सार्वजनिक नगर्दै सकिएको तीन दिने सचिवालय बैठक 

काठमाडौँ : एकीकृत समाजवादीको आइतबारदेखि मंगलबारसम्म तीन दिन सचिवालय बैठक बस्यो। 

फरक–फरक स्थानमा बसेको बैठक स्थलबारे पार्टीले जानकारी समेत दिन चाहेन। ‘यो महत्त्वपूर्ण बैठक थियो, पछि पनि फलो गर्नुहोला भनेर लोकेशनबारे हामीले जानकारी दिन चाहेनौँ,’ एक सचिवालय सदस्यले उकेरासँग भने, ‘अहिलेको बैठकबारे कसैले पनि बाहिर ल्याउनुभएन, रणनीतिक हिसाबले यो महत्त्वपूर्ण रह्यो।’ 

आइतबार र सोमबार ११ देखि ५ बजेसम्म र मंगलबार ११ बजेदेखि साँढे चार बजेसम्म बैठक बस्यो। १२ जना सचिवालय सदस्यबीच २०–२१ घण्टा बैठक चल्यो। १२ जनाबीच १८ घण्टा त विचार मन्थनमात्र भयो। तर पनि पार्टी भन्छ केही निर्णय भएन। 

देशको समग्र राजनीतिक राजनीतिक परिस्थिति अगाडी जाने बाटो, अन्तर्राष्ट्रिय परिस्थिति, अर्थतन्त्र, संविधानले परिकल्पना गरेका समाजवाद र पार्टीले कल्पना गरेको समाजवादबारे नीतिगत छलफल बैठकले ग¥यो। ‘आन्तरिक जीवनको लागि खपत हुने र सम्भावित नीतिहरूको बारेमा छलफल भयो। आन्तरिक रणनीति बनाउन हामी जुटेका छौँ,’ पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले उकेरासँग भने।
 

साउन ३, २०७९ मंगलबार १८:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।