आज थप ३५७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ : पछिल्लो केही दिन यता नेपालमा कोरोना संक्रमितको संख्या दैनिक बढ्ने क्रममा रहेको छ । आज (मंगलबार) देशभर ३५७ जना कोरोना संक्रमित भेटिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार यस अवधिमा ३३ सय ५७ जनामा गरिएको परीक्षणमा ३५७ जना संक्रमित भेटिएका हुन्।
आज ६२ जना संक्रमणमुक्त भएका छन्। हालै देशभर १९ सय ८२ जना सक्रिय संक्रमित रहेका छन् जसमध्ये काठमाडौंमा ११ सय ९ जना, ललितपुरमा १६० जना र भक्तपुरमा ४२ जना रहेका छन्।
मन्त्रालयको विवरणअनुसार हाल देशभर १९ जना संक्रमित आइसियूमा उपचाररत रहेका छन् भने ११७ जना संस्थागत आइसोलेसन र १८ सय ६५ जना संक्रमित होम आइसोलेसनमा रहेका छन्।
साउन ३, २०७९ मंगलबार १६:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।