ईश्वर पोखरेलले भने : एमालेमा पनि गोपनीयता हुन्छ, एम अधिकारी खुलाउन आवश्यक छैन

विराटनगर : एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एम अधिकारी भनेको को हो भन्ने विषय पार्टीको गोपनीयताभित्र पर्ने भन्दै सार्वजनिक गर्नु नपर्ने दाबी गरे।
एक कार्यक्रममा उनले एमालेको अर्थ तथा योजना विभागमा सदस्य रहेका एम अधिकारी अहिलेका गभर्नर महाप्रसाद अधिकारी नभएको सम्बन्धित व्यक्ति र पार्टीले समेत स्पष्ट गरिसकेकाले अब यही विषयमा बढी खनजोत गर्न आवश्यक नभएको तर्क गरेका थिए।
मङ्गलवार विराटनगरमा एमालेको भातृ संस्था प्रेस चौतारीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आवश्यक परेको अवस्थामा एम अधिकारी भनेको को हो भनेर सार्वजनिक गर्न सकिने दाबी गर्दै राजनीतिक दलभित्र पनि केही विषयमा गोपनीयता राख्नु पर्ने भन्दै एम अधिकारीबारे सबै विवरण सार्वजनिक गर्न पार्टी बाध्य नभएको समेत तर्क गरेका थिए।
साउन ३, २०७९ मंगलबार १५:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।