मङ्गलबार तोलामा दुई सयले घट्यो सुनको मूल्य

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। आज तोलामा दुई सय रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ९३ हजार ८०० कायम भएको छ। यस्तै आज तेजाबी सुनको मूल्य ९३ हजार ३०० कायम भएको महासंघले जनाएको छ।
यस्तै आज चाँदी तोलामा पाँच रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला एक हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ।
साउन ३, २०७९ मंगलबार १२:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।