एमाले एक्लै निर्वाचनमा जान तयार, आवश्यक परे तालमेल पनि हुनसक्छ: ईश्वर पोखरेल

एमाले एक्लै निर्वाचनमा जान तयार, आवश्यक परे तालमेल पनि हुनसक्छ: ईश्वर पोखरेल

काठमाडौंः एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा आफ्नो पार्टीले तालमेल गर्नसक्ने बताएका छन्। प्रेस चौतारी नेपाल प्रदेश नं १ कमिटीले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।

“निर्वाचनमा स्थानीय आवश्यकतानुसार तालमेल हुनसक्छ”, उनले भने।

उनले आगामी निर्वाचनमा एमाले एक्लै निर्वाचनमा जान तयार रहेको बताउँदै आफ्नो पार्टीले श्रेष्ठता हासिल गर्ने पनि दावी गरे।

यस्तै संविधान कार्यान्वयनको दिशातर्फ देश अघि बढिरहेको बताउँदै नेपालको संविधान राष्ट्रिय सहमतिका आधारमा जारी भएको पनि बताए। पोखरेलले संविधान समयसापेक्ष ढंगले संशोधन गर्न सकिने पनि जिकिर गरे। उनले भने, “संविधान अपरिवर्तनीय होइन, आवश्यकता परेमा समयसापेक्ष संशोधन गर्न सकिन्छ।”

यसैगरी पोखरेलले प्रदेश नं १ को नामकरण प्रदेश सभाको एकल अधिकारको विषय भएको चर्चा गर्दै यसका लागि साझा सहमतिका आधारमा सबैलाई स्वीकार्य हुनुपर्ने बताए।

साउन ३, २०७९ मंगलबार १२:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।