मानव बेचबिखनको आरोपमा महिला पक्राउ

चितवनः जिल्ला प्रहरी कार्यालय चितवनले मानव बेचबिखनको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तनहुँ पोखरीभञ्याङ गाउँपालिका–५ की ४० वर्षीया कल्पना महरा रहेको प्रहरीले जनाएको छ।
कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार भरतपुर महानगरपालिका–१ मा कल्पना होटल एण्ड गेष्टहाउस सञ्चालन गर्दै आएकी महरालाई पक्राउ गरिएको हो। महराले २२ वर्षीया युवतीलाई ललाइफकाइ अनैतिक कार्य गराई मानव बेचबिखन तथा ओसारपसार कार्य गरेको अभियोग छ।
उनलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको कार्यालयले जनाएको छ।
साउन ३, २०७९ मंगलबार ११:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।