ट्रकले ठक्कर दिँदा ईनरुवामा मोटरसाइकल चालकको मृत्यु

ट्रकले ठक्कर दिँदा ईनरुवामा मोटरसाइकल चालकको मृत्यु

सुनसरीः सुनसरीको ईनरुवा नगरपालिका-४ बसचोकमा सोमबार बेलुका ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। पूर्व-पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग१क ८४५ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको को१०प ३३६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक ईनरुवा नगरपालिका-३ का २७ वर्षीय श्यामसुन्दर यादव घाइते भएका थिए।

उनलाई उपचारको लागि जिल्ला अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

साउन ३, २०७९ मंगलबार ११:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।