काभ्रेको रोशीमा डिभाइडरमा मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु

काभ्रेको रोशीमा डिभाइडरमा मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु

काठमाडौंः काभ्रेको रोशी गाउँपालिका- ११ डालाबेंसीमा गए राति मोटरसाइकल सडक डिभाइडरमा ठोकिँदा एक जनाको मृत्यु भएको छ। सोही दुर्घटनामा अर्का एक जना घाइते भएका छन्।

काठमाडौंबाट सिन्धुलीतर्फ जादै गरेको बा७०प ४१८२ नम्बरको मोटरसाइकल गए राति साढे २ बजे, डिभाडरमा ठोकिएर पल्टिएको थियो। दुर्घटनामा चालक सिन्धुलीको मझुवा गाँउपालिका- ५ का १९ वर्षीय मिलन मग्रातीको धुलिखेल अस्पतामा उपचारको क्रममा मृत्यु भएको हो।

घाइते भएका मोटरसाइकल पछाडि सवार मृतकका २१ वर्षीय दाई प्रेम बहादुर मग्रातीको अवस्था सामान्य रहेको र उनको सोही अस्पतालमा उपचार भइरहेको छ।

साउन ३, २०७९ मंगलबार ०९:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।