सहकारीका अध्यक्षसहित तीन जना पेस्तोल सहित समातिए

सहकारीका अध्यक्षसहित तीन जना पेस्तोल सहित समातिए

ललितपुर : सहयोगी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष अनिल श्रेष्ठ सहित तीन जना पेस्तोल र गोलीसहित पक्राउ परेका छन्। प्रहरीले सहकारीका व्यवस्थापक श्यामकृष्ण श्रेष्ठले चढ्ने स्कुटरमा जाँच गर्दा डिक्कीमा पेस्तोल फेला परेको प्रहरीको दाबी छ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार उनको पक्राउपछि अनुसन्धानमा अन्य २ जनाको नाम समेत खुलेपछि प्रहरीले सोही सहकारीका अध्यक्ष श्रेष्ठसहित निवर्तमान उपाध्यक्ष अख्खनदास श्रेष्ठलाई समेत पक्राउ गरेको छ।

पक्राउ परेकामध्ये २ जनालाई प्रहरीले हातहतियार तथा खरखजानाको अभियोगमा जिल्ला अदालत ललितपुरबाट अनुमति लिएर हिरासतमा राखेको छ। व्यवस्थापक श्रेष्ठलाई भने हाजिर जमानीमा छाडेको छ।

साउन २, २०७९ सोमबार २१:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।