सडक ठेकेदार पन्थ र अरू दुई जनाको साथबाट २० लाख लुटियो

सडक ठेकेदार पन्थ र अरू दुई जनाको साथबाट २० लाख लुटियो

बुटवलः सडक निर्माणको काम गर्दै आएका ठेकेदार सुमन पन्थ पाल्पाको तानसेनमा लुटिएका छन्। पन्थ र अन्य दुई जनाको साथबाट नगद २० लाख रुपैयाँ आइतबार राति लुटिएको हो।

पन्थ तानसेन नगरपालिका–५ ढुङ्गाखानीको सडकबाट पूर्वखोला गाउँपालिकाको निर्माणाधीन पूर्वखोला पहुँच मार्ग र गुल्मी जिल्लाको स्यालबिसौना–थोर्गा–पानीट्याङ्की सडकका ठेकेदार हुन्।

पाल्पाबाट गुल्मीतर्फ जाँदै गरेको प्र३-०१–०२४च ९१४३ नम्बरको कारमा सवार पन्थसहित तीन जना तानसेन नगरपालिका–५ ढुंगाखानी नजिकै कार रोकी पिसाब फेर्न झरेका थिए। सोही क्रममा उनीहरूमाथि लुटपाट भएको हो।

जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रमुख जनकबहादुर शाहीले घटनामा संलग्नलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताएका छन्। घटनामा संलग्न ४ जनालाई पक्राउ गरिएको शाहीले बताए। 

पन्थ र अरू दुई जनालाई अन्दाजी साँझ ८ बजे अपरिचित व्यक्तिहरूले हेल्मेटले कुटपिट गरी गरी साथमा रहेको उक्त नगद तथा कारको चाबीसमेत लुटेर फरार भएका थिए।

कुटपिटबाट घाइते भएका उनीहरूको हाल लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ।

साउन २, २०७९ सोमबार १३:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।